२६ पुस २०८२, शनिबार । January 10, 2026

‘कुलिङ अफ पिरियड’ प्रकरणः समिति सभापतिबाट राजीनामा दिने तयारीमा खतिवडा



काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको भनिएको चलखेलका कारण चर्चामा आएका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार, खतिवडाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्ने समय लिएकाले त्यही अवसरमा समितिको सभापति पदबाट राजीनामा घोषणा गर्न सक्ने अनुमान गरिएको छ। यसअघि उक्त प्रावधानमा भएको अनियमितताबारे गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो।

परिणामस्वरूप, विपक्षी मात्र नभई सत्तापक्षका सांसदहरूबाट समेत उनको राजीनामाको माग बढ्दै आएको छ।

यसैबीच, ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ का सुझाव कार्यान्वयनबारे छलफल गर्न सभामुखले मंगलबारको बैठकपछि सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग बैठक गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले