२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर भारी बर्षाको सम्भावना, पहाडी र तराई भूभागमा सतर्क रहन आग्रह


२७ श्रावण २०८२, मंगलबार  

60
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर, नेपाल नजिकै सक्रिय भएकाले हाल देशभर मौसम पूर्ण रूपमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा मधेससहित बाँकी तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा पर्न सक्नेछ। यस्तै, मधेस प्रदेश, कोशी र बागमतीको केही पहाडी तथा तराई भागमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने सम्भावना छ।

गण्डकीको पहाडी र तराई भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

साथै, आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ