२६ पुस २०८२, शनिबार । January 11, 2026

देशभर भारी बर्षाको सम्भावना, पहाडी र तराई भूभागमा सतर्क रहन आग्रह



काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर, नेपाल नजिकै सक्रिय भएकाले हाल देशभर मौसम पूर्ण रूपमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा मधेससहित बाँकी तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा पर्न सक्नेछ। यस्तै, मधेस प्रदेश, कोशी र बागमतीको केही पहाडी तथा तराई भागमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने सम्भावना छ।

गण्डकीको पहाडी र तराई भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

साथै, आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले