१९ बैशाख २०८३, शनिबार । May 2, 2026

देशभर मनसुन सक्रिय, पहाडी क्षेत्रमा व्यापक बर्षाको सम्भावना


२६ श्रावण २०८२, सोमबार  

15
Shares

काठमाडौं । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले हाल अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका छिटफुट क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी क्षेत्रमा व्यापक रूपमा वर्षा हुने सम्भावना छ। मधेस प्रदेश र अन्य तराई भू-भागका केही स्थानमा पनि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा हुने स्थानमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी अपडेटमा ध्यान दिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट