२६ पुस २०८२, शनिबार । January 11, 2026

आज गाईजात्रा पर्व मनाइँदै, बागमतीमा सार्वजनिक बिदा



काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि सुरु हुने र अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज देशभर, विशेषगरी काठमाडौँ उपत्यकामा, रंगीन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित हर्षोल्लासपूर्वक मनाइँदै छ।

यो दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा गाईको स्वरूपमा सजिएका मानिसलाई नगर परिक्रमा गराउने परम्परा पुरानो छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत खाद्यान्न र नगद दान गर्ने चलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी नदी पार गर्न सहज हुन्छ।

गाईजात्राको उत्पत्ति राजा प्रताप मल्लको पालासँग सम्बन्धित मानिन्छ। पुत्रवियोगमा शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने सन्देश दिन उनले जनतालाई आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि रानीको मुहारमा मुस्कान फर्काउन यसमा हास्य, व्यङ्ग्य र प्रहसन जोडियो, जसको परम्परा आजसम्म निरन्तर रहँदै आएको छ।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा अहिले पनि कायम छ। उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदाय बसोबास गर्ने सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।

यो केवल धार्मिक मात्र नभई सामाजिक सन्देश दिने पर्व पनि हो। गाईजात्रामा समाजका विकृति–विसङ्गति उजागर गरिन्छ र व्यङ्ग्यमार्फत सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान–चामलको नमुना र काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण–रजताक्षरका पुस्तकहरू दर्शकका लागि विशेष आकर्षण बन्छन्।

सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले