७ चैत्र २०८२, शनिबार । March 21, 2026

आज गाईजात्रा पर्व मनाइँदै, बागमतीमा सार्वजनिक बिदा


२५ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि सुरु हुने र अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज देशभर, विशेषगरी काठमाडौँ उपत्यकामा, रंगीन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित हर्षोल्लासपूर्वक मनाइँदै छ।

यो दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा गाईको स्वरूपमा सजिएका मानिसलाई नगर परिक्रमा गराउने परम्परा पुरानो छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत खाद्यान्न र नगद दान गर्ने चलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी नदी पार गर्न सहज हुन्छ।

गाईजात्राको उत्पत्ति राजा प्रताप मल्लको पालासँग सम्बन्धित मानिन्छ। पुत्रवियोगमा शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने सन्देश दिन उनले जनतालाई आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि रानीको मुहारमा मुस्कान फर्काउन यसमा हास्य, व्यङ्ग्य र प्रहसन जोडियो, जसको परम्परा आजसम्म निरन्तर रहँदै आएको छ।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा अहिले पनि कायम छ। उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदाय बसोबास गर्ने सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।

यो केवल धार्मिक मात्र नभई सामाजिक सन्देश दिने पर्व पनि हो। गाईजात्रामा समाजका विकृति–विसङ्गति उजागर गरिन्छ र व्यङ्ग्यमार्फत सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान–चामलको नमुना र काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण–रजताक्षरका पुस्तकहरू दर्शकका लागि विशेष आकर्षण बन्छन्।

सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो