२९ चैत्र २०८२, आइतबार । April 12, 2026

रक्षाबन्धन र जनै पूर्णिमा : सुरक्षा, श्रद्धा र संस्कारको पर्व आज देशभर मनाइँदै


२४ श्रावण २०८२, शनिबार  

9
Shares

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर विधिपूर्वक मनाइँदैछ।

वैदिक सनातन धर्मअनुसार बिहानै नदी, पोखरी, ताल वा कुण्डमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने र तागाधारी समुदायले नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वास अनुसार गुरु पुरोहितले मन्त्रसहित बाँधिदिएको डोरो (रक्षासूत्र) ले नकारात्मक शक्तिबाट सुरक्षा मिल्छ।

पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई बाँधेर देवगणको रक्षा गरिएको प्रसंग नै आजको रक्षाबन्धन संस्कारको मूल आधार मानिन्छ। यस क्रममा उच्चारण गरिने मन्त्र — “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” — वैदिक परम्परामा आजसम्म जीवित छ।

जनै फेर्ने संस्कार
यसै दिन ब्राह्मण, क्षत्रिय र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेर्ने विधि छ। श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेर चोखोनीतोमा बस्ने, कपाल मुण्डन गर्ने र पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्ने परम्परा छ। स्नानपश्चात् ऋषिहरुलाई तर्पण गरेर वैदिक विधिबाट नयाँ यज्ञोपवीत धारण गरिन्छ।

आठ ऋषिको पूजा र तर्पण हुने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ। पशुपतिनाथ, अशोकविनायक, वाग्मती किनारलगायत देशभरका मठ–मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा
जनै पूर्णिमामा एघार प्रकारका गेडागुडी मिसाएर तयार पारिने क्वाँटी खाने परम्परा छ। धार्मिक तथा आयुर्वेदिक मान्यता अनुसार क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरको चिसो हटाउने र पाचन प्रणाली सुधार गर्ने विश्वास छ।

तराईमा राखी संस्कार
तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने चलन छ, जसले आपसी प्रेम र सम्बन्ध मजबुत बनाउने मान्यता छ। हाल यो परम्परा पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।

धार्मिक मेलाहरू
मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, दानसाधु र त्रिवेणीधामलगायतका तीर्थस्थलमा आज बिहानैदेखि विशेष मेला लाग्ने गरेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व