२८ चैत्र २०८२, शनिबार । April 12, 2026

देशभर बदली, कोशी–बागमती र मधेसमा भारी वर्षाको सम्भावना


२४ श्रावण २०८२, शनिबार  

18
Shares

काठमाडौं । देशभरको मौसम अहिले सामान्यतया बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरमा र पश्चिमतर्फ नेपालको तराई नजिक देखिएको छ। यसको प्रभावस्वरूप कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बादल रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्नेछ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति पनि यस्तै मौसमी अवस्था रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ।

कोशी, बागमतीका पहाडी भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व