२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कक्षा १२ नतिजाः ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा बढी अनुत्तीर्ण



काठमाडौं । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफल अनुसार कुल ३८.८३ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये १ लाख ५३ हजार ८८२ जना ननग्रेडेड घोषित भएका हुन्। यस वर्षको परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन्, जसले गर्दा समग्र परिणाममा गिरावट देखिएको हो।

जीपीए विवरण अनुसार:

  • ३.६१ देखि ४.०० : १३,५०२ विद्यार्थी
  • ३.२१ देखि ३.६० : ५५,८९६ विद्यार्थी
  • २.८१ देखि ३.२० : ९४,२६८ विद्यार्थी
  • २.४१ देखि २.८० : ६९,८१२ विद्यार्थी
  • २.०१ देखि २.४० : ८,९६४ विद्यार्थी
  • १.६१ देखि २.०० : २३ विद्यार्थी

गत वर्षको तुलनामा यस वर्षको नतिजा करिब ९ प्रतिशतले राम्रो देखिएको छ। अध्यक्ष शर्माका अनुसार विद्यार्थीको पढाइप्रतिको लगाव र अभिभावकहरूको सक्रियता नतिजा सुधारको प्रमुख कारण हो। बोर्डले ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने जानकारी दिएको छ।

ननग्रेडेड विद्यार्थीका लागि यो पुनः अवसरको रूपमा रहेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको