१२ फाल्गुन २०८२, मंगलबार । February 25, 2026

एलएलडिसी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान



काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूह (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान पुगेका छन्।

प्रधानमन्त्री ओली आइतबार राति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गरेका हुन्। नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गते (अगस्ट ५ देखि ८) सम्म अवाजा सहरमा आयोजना हुँदैछ। प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।

साथै, उनी एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षको रूपमा पनि सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरूसँग तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।

प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी र अफिसियल मिडियाकर्मीहरू छन्।

प्रधानमन्त्री ओली यही साउन २३ गते (शुक्रबार राति) स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रशासनिक कार्य सञ्चालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा सिंहलाई यो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा