२८ चैत्र २०८२, शनिबार । April 12, 2026

युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा


१६ श्रावण २०८२, शुक्रबार  

756
Shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ।

भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न उक्त भ्रमणको सुरुवात डेनमार्कको राजधानी कोपेनहेगनमा गरिएको ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’बाट भएको थियो।

सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले युरोपेली मुलुकहरूले शिक्षामा अपनाएका प्रगतिशील अभ्यासहरू नेपालका विद्यालय र विद्यार्थीहरूका लागि पनि उपयोगी हुने धारणा राखेकी थिइन्। प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु निकै सराहनीय रहेको उनले उल्लेख गरिन्।

सेमिनारमा सहभागी प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई अन्तर्राष्ट्रिय अभ्यासबारे बुझ्न र नयाँ सोच विकास गर्न मद्दत पुग्ने उद्देश्यले भ्रमण आयोजना गरिएको जानकारी दिए। उनका अनुसार नेपाल पनि शिक्षा क्षेत्रको सुधारतर्फ अघि बढ्न सक्ने स्पष्ट संकेत यस्ता कार्यक्रमले दिनेछ।

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाले यसअघि नै प्याब्सनले दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर विश्वव्यापी अभ्याससँग नेपालको शिक्षा प्रणालीको जोड बढाउने प्रयास गरेको बताए। युरोप भ्रमणले व्यवहारिक अनुभव हासिल गर्न थप सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे। त्यहाँको विद्यालय शिक्षा प्रणाली, शैक्षिक नीति, अध्यापन प्रविधि र विद्यार्थी केन्द्रित पठनपाठन अभ्यासलाई नेपाली सन्दर्भमा उपयोग गर्न सकिने उनले बताए।

टोलीले फिनल्यान्डमा पनि विशेष सेमिनारमा भाग लिएको थियो। सो क्रममा त्यहाँका विद्यालयहरूमा अवलोकन भ्रमण गरिएको थियो भने शिक्षण कार्यशैली, मूल्यांकन प्रणाली, र बालमैत्री वातावरण निर्माणका विषयमा अन्तरक्रिया गरिएको थियो। प्याब्सनले यस्ता अभ्यासहरू नेपाली कक्षा कोठामा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको जनाएको छ।

साउन ७ गतेदेखि सुरू भएको १० दिनको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र भ्रमणका क्रममा संकलित अनुभव तथा सन्देशहरू एक कार्यक्रममार्फत चाँडै सार्वजनिक गरिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १० : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व