११ चैत्र २०८२, बुधबार । March 25, 2026

चर्चित गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना प्रहरीको नियन्त्रणमा


१६ श्रावण २०८२, शुक्रबार  

63
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको छ।

ठमेल र महाराजगन्ज क्षेत्र केन्द्रित अपरेसन अन्तर्गत चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनसहित ४७ भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। चक्रे मिलन, महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ सालको वैशाख २६ गते महाराजगन्ज क्षेत्रबाटै पक्राउ परेका थिए, तर पछि रिहा भएका थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा बिहीबार रातभर व्यापक अपरेसन सञ्चालन गरिएको थियो। महाराजगन्ज र ठमेल क्षेत्रमा चलाइएको अपरेसनमा संलग्नहरूले रात्रिकालीन व्यवसायको आडमा अवाञ्छित गतिविधि गर्दै आएको सूचनाका आधारमा कारबाही गरिएको हो। प्रहरीका अनुसार केहीलाई नियन्त्रणमा लिइसकिएको छ भने बाँकीको स्क्रिनिङ र अनुसन्धान जारी छ।

कतिपयको संलग्नता पुष्टि भइरहेकाले संख्या अझै यकिन भइसकेको छैन, उनले भने। यसै क्रममा साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि प्रहरीले पक्राउ गरेको हो। उनी नर्सिङ चोक नजिक नगरकोट दोहोरीमा झगडा गरेका कारण नियन्त्रणमा लिइएको थियो।

सानुभाइ, प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुन्डा कुमार श्रेष्ठ ‘घैँटे’का निकट सहयोगी मानिन्छन्। उनी हाल टोखा स्थित सूर्यदर्शन हाइटमा बस्दै आएका थिए भने उनको स्थायी घर नुवाकोटको ककनी गाउँपालिका–५ हो। प्रहरी स्रोतका अनुसार, रेष्टुरेन्ट तथा रात्रिकालीन क्लबहरूमा बसेर जथाभावी झैझगडा गर्ने, हप्ता असुली गर्ने तथा अवैध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले संयुक्त रूपमा अभियान चलाएको हो।

पक्राउ परेकाहरूलाई हाल स्क्रिनिङ गर्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali