२७ पुस २०८२, आइतबार । January 11, 2026

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी बर्षा



काठमाडौं । नेपालमा हाल मनसुनी वायु सक्रिय रहेका कारण मौसम बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भएकाले देशभर यसको प्रभाव देखिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतः बादल लागिरहेको छ भने मधेस प्रदेशमा मौसम मुख्यतः खुल्ला वा आंशिक बदली रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको देखिएको छ। आज दिउँसो अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भेगका धेरै स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदलीको सम्भावना छ। मधेस प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, बागमती प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले