२८ चैत्र २०८२, शनिबार । April 12, 2026

आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


१४ श्रावण २०८२, बुधबार  

36
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रियता जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा देशका अधिकांश भागमा यसको प्रभाव देखिएको छ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली भएको छ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही स्थानहरूमा पनि यस्तै खालको वर्षा हुने देखिएको छ।

आज राति भने पहाडी क्षेत्रहरूमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा केही स्थानमा र तराईमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशका पहाडी भेगमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्‌को जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व