२८ चैत्र २०८२, शनिबार । April 12, 2026

आज नागपञ्चमी पर्व मनाइँदै, के छ महत्व ?


१३ श्रावण २०८२, मंगलबार  

9
Shares

काठमाडौं । आज देशभर वैदिक परम्पराअनुसार श्रद्धा र आस्थाका साथ नागपञ्चमी पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व नागदेवता तथा सर्पहरूको पूजा–आराधना गरी मनाइन्छ, जसले वर्षभरि घर-परिवारमा शान्ति, सुरक्षा र समृद्धिको कामना गरिन्छ भन्ने जनविश्वास रहिआएको छ । नागपञ्चमीको दिन नागको चित्र घरको मूलढोकामा टाँस्ने परम्परा छ । मानिन्छ, यसो गर्दा सर्प, बिच्छी र अन्य विषालु जीवजन्तुको प्रकोपबाट बच्न सकिन्छ ।

साथै, आगो, मेघगर्जन र चट्याङको डरबाट पनि सुरक्षा मिल्ने विश्वास गरिन्छ ।

आठ कूल नागहरूको पूजा परम्परा

यद्यपि नागका बाह्र नाम उल्लेख गरिएका छन्, परम्परागत वैदिक संस्कारअनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूल नागहरूको विशेष पूजा गरिन्छ । आजको दिन ब्राह्मण पुरोहितबाट यी नागहरूका चित्र वा मूर्तिहरूको पूजा गरी घरको मूल ढोकामाथि टाँस्ने चलन छ ।

नागको सम्मान र प्रकृतिप्रेम

नागपञ्चमीका दिन खेतबारीमा जोतसमेत गर्न नहुने र सर्प वा अन्य घस्रने जीवजन्तुलाई नमार्ने धार्मिक मान्यता छ । यो प्रकृतिप्रेम र जैविक विविधताको संरक्षणसँग पनि जोडिएको विश्वास गरिन्छ ।

प्रमुख तीर्थस्थलमा श्रद्धालुहरूको भीड

नागपञ्चमीका अवसरमा काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, ललितपुरको नागदह, साथै देशभरका नाग कुण्ड र नागस्थानहरूमा पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ । पूजा गर्दा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायत परिकार चढाइन्छ र प्रसादस्वरूप ग्रहण गरिन्छ ।

सांस्कृतिक–वैज्ञानिक पृष्ठभूमि

धार्मिक विश्वासअनुसार, विषालु पदार्थहरूलाई नाग र सर्पजस्ता जीवहरूले अवशोषण गरेर वातावरणलाई शुद्ध बनाउन मद्दत गर्ने हुँदा ऋषिमुनिहरूले नागको पूजा आरम्भ गरेको मानिन्छ ।

नागपञ्चमी मात्र धार्मिक पर्व होइन, यसले प्रकृति, जीव–संरक्षण र मानव–प्रकृतिको सहअस्तित्वको गहिरो सन्देश दिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व