२९ चैत्र २०८२, आइतबार । April 12, 2026

न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’बाट ज्ञानबहादुर शाही र कुलमान घिसिङ सम्मानित


१२ श्रावण २०८२, सोमबार  

39
Shares

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्।

ग्लोबल नेपालीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाजप्रति उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको थियो। यसवर्ष शाही र घिसिङलाई राष्ट्र निर्माण, जनसेवा र सुशासनमा पुर्‍याएको सक्रिय भूमिकाको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा नेपाली डायस्पोराका प्रतिनिधि, विभिन्न व्यवसायिक, सामाजिक र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था ग्लोबल नेपालीले यसरी सम्मान गर्दै नेपाली प्रतिभालाई विश्वमञ्चमा उजागर गर्ने कार्य गर्दै आएको छ।

अवार्ड ग्रहण गरेपछि शाहीले धन्यवाद ज्ञापन गर्दै अवार्ड सम्पूर्ण जुम्ली र कर्णालीवासीहरूका साथै देश–विदेशमा रहेका सुशासनप्रति आशावादी नेपालीहरूलाई समर्पित गरेका छन्। उनले भने, “ग्लोबल हिरो अवार्ड कर्णाली जनताको भरोसाको प्रमाण हो। यो अवार्डले समाजमा सकारात्मक कार्य गर्न थप प्रेरणा दिनेछ।”

त्यस्तै, कुलमान घिसिङले पनि आयोजकप्रति आभार प्रकट गर्दै, आफूले थालेका विकास र ऊर्जासम्बन्धी अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। हाल उनी अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा र पूर्वाधारसम्बन्धी विषयहरूमा संलग्न छन्।

यो सम्मानले राष्ट्रिय गौरव बढाउनुका साथै विदेशमा रहेका नेपाली समुदायबीच एकताको सन्देश फैलाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व