७ चैत्र २०८२, शनिबार । March 21, 2026

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम सम्पन्न


११ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा “रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम” गरेको छ।

कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापना गर्न वृक्षरोपण गरिएको हो । धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवा रोप्ने योजना अन्तर्गत यस कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुर्‍याएको छ। सामुदायिक वनको अनुरोधअनुसार सिप्रस बिरुवा वनको विशेष भागमा रोपिएको हो।

वृक्षारोपणपश्चात सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै औपचारिक रूपमा ४०० बिरुवाहरू इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सुर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरियो। यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी स्थायीत्व प्राप्त भएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त ठाउँमा रोप्ने योजना छ।

कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै सिजनमा सिधा रोपाइँका साटो पहिला नर्सरीमा हुर्काउने विधि अपनाएको छ। वर्षायाममा रोपिएका ५०–६०% बिरुवा अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष नयाँ तरिका अपनाइएको हो, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

नर्सरीको एक विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र स्थापना गरिएको छ, जसमा वन क्षेत्रमा झरेका पात र घाँसलाई प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ। प्रतिकिलो रु. २५ मा विक्री हुने यो मलले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्‍याइरहेको छ।

कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रुपमा झल्काउँछ।

यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, र स्रोतको आत्मनिर्भर उपयोगमा केन्द्रित दिगो विकासको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ। इन्द्रायणी भुतखेल सामुदायिक वन, टोखामा वृक्षरोपण गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो