२२ माघ २०८२, बुधबार । February 4, 2026

ओलीलाई भण्डारीको काउन्टरः ४५ बर्षको समर्पणलाई यसरी रोक्न पाईँदैन



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको ४५ वर्षे समर्पित सदस्य रहेको बताउँदै, पार्टी सदस्यताको नवीकरणमा लगाइएको रोक अस्वीकार्य भएको स्पष्ट पारेकी छन्।

नेकपा एमालेको केन्द्रीय समितिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णयसहित पार्टी सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि, पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिँदै उनले कडा असन्तुष्टि जनाएकी हुन्। पत्रकार सम्मेलनमार्फत बोल्दै भण्डारीले भनिन्, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्यको ३५ वर्ष पुगिसकेको थियो, अहिले त्यो समयावधि ४५ वर्ष पुगेको छ।

यस्तो लामो योगदान दिएपछि मलाई सदस्यता नवीकरणबाट रोक्न मिल्दैन।” उनले पार्टीले भावनामा बगेर, विवेकहीन निर्णय गरेको आरोप समेत लगाइन्। “यस्ता निर्णयले पार्टीको छवि गिर्छ, सत्यलाई क्षणिक रूपमा दबाउन सकिए पनि त्यसले वास्तविकतालाई ढाक्न सक्दैन,” भण्डारीको तर्क थियो। भण्डारीले आफू भावनामा बहिएर होइन, अनुभव र पार्टीप्रतिको समर्पणका आधारमा बोलिरहेको बताइन्।

उनले थप भनिन्, “यो पार्टी बनाउन हजारौं कार्यकर्ताको रगत–पसिना लागेको छ। म पनि तीमध्ये एक हुँ। म भावनामा बगेर होइन, विचारपूर्वक बोलिरहेकी छु।”

उनले ‘जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त’ विपरीत हुनेगरी गरिएको निर्णयलाई असंवैधानिक र अपरिपक्व ठहर गरिन् र यस्ता निर्णयले जबजको मर्म नै खण्डन गर्ने चेतावनी दिइन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल