२८ पुस २०८२, सोमबार । January 12, 2026

पदप्रति लालसा छैन, जनसेवामा समर्पित हुने संकल्प गरेर अघि बढेको हुँः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै राजनीतिक पदप्रति आशक्ति नराख्ने स्पष्ट संकेत दिएकी छन्।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रकै सर्वोच्च जिम्मेवारी वहन गरिसकेपछि अब पदको महत्त्वकांक्षा नरहेको स्पष्ट पारिन्। “म राष्ट्रपतिको पदमा पुगेर आफ्नो योगदान इतिहासमा दर्ज गरिसकेको छु। त्यसैले मलाई अब कुनै पदको लोभ छैन,” भण्डारीले भनिन्।

उनले राजनीति र जनसेवामा पुनः सक्रिय हुन लागेको विषयलाई अनौठो रूपमा नलिन पनि आग्रह गरिन्। “राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि आफ्नै पार्टीमा फर्किएर देश र जनताको सेवा गर्नु मेरो संवैधानिक अधिकार हो,” उनले भनिन्, “म कुनै आकस्मिक निर्णय होइन, गहिरो सोचविचारसहित देश र पार्टीप्रति जिम्मेवार भूमिका निर्वाह गर्न चाहन्छु।”

भण्डारीले राष्ट्रपतिको जिम्मेवारीअघि पनि राजनीतिक यात्रामा लामो समय बिताएको स्मरण गराउँदै अबको मार्ग राष्ट्रसेवामा थप योगदान दिने संकल्पका साथ तय गरिएको बताइन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले