२८ पुस २०८२, सोमबार । January 12, 2026

पूर्वराष्ट्रपति भण्डारीको प्रष्टोक्तिः पार्टी सदस्यताबाट हटाउनु असंवैधानिक र दुर्भाग्यपूर्ण



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता हटाउने विषय अनावश्यक विवादको रूपमा चित्रण गर्दै त्यसप्रति गम्भीर असन्तोष व्यक्त गरेकी छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधान, कानून, तथा नागरिकको स्वतन्त्रताको मर्म विपरित पार्टीको निर्णय आएको बताउँदै त्यसले आफैं पार्टीको साखमा आघात पुर्‍याउने चेतावनी दिइन्। “पार्टी सदस्यताबाट हटाउनुपर्ने कुनै ठोस कारण छैन। यो केवल अपरिपक्व र भावनामा बगेको निर्णय हो, जसले संस्थाको गरिमा घटाउँछ,” भण्डारीले भनिन्। उनले संविधानमा गारन्टी गरिएका अधिकारमाथि पार्टीको यस्तो हस्तक्षेपले चिन्ताजनक नजिर सिर्जना गर्न सक्ने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले विवेकमा आधारित निर्णयको आवश्यकता औंल्याउँदै, यस्ता आवेगपूर्ण कदमले वास्तविकता ढाक्न नसक्ने स्पष्ट पारिन्।

उनले जबज (जनताको बहुदलीय जनवाद) को मूल भावना अनुसार पार्टीले पुनर्विचार गर्नु पर्ने आवश्यकता रहेको पनि संकेत गरिन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले