७ चैत्र २०८२, शनिबार । March 21, 2026

कमजोर बन्यो मनसुनी प्रणाली, पहाडी क्षेत्रमा मध्यम बर्षा हुने


९ श्रावण २०८२, शुक्रबार  

33
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर नै देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर विशेषगरी पहाडी क्षेत्रहरूमा मौसम बदलीको अवस्था छ। महाशाखाले दिएको जानकारी अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

देशभर सामान्यतया बदली हुने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्क रहन सुझाव दिइएको छ।

कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भागहरूमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

मौसमको यो अवस्थालाई ध्यानमा राख्दै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो