२८ पुस २०८२, सोमबार । January 12, 2026

कमजोर बन्यो मनसुनी प्रणाली, पहाडी क्षेत्रमा मध्यम बर्षा हुने



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर नै देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर विशेषगरी पहाडी क्षेत्रहरूमा मौसम बदलीको अवस्था छ। महाशाखाले दिएको जानकारी अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

देशभर सामान्यतया बदली हुने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्क रहन सुझाव दिइएको छ।

कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भागहरूमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

मौसमको यो अवस्थालाई ध्यानमा राख्दै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले