२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आजको मौसमः यी चार प्रदेशमा भने भारी वर्षा



काठमाडौं । हाल देशभर मनसुनको प्रभाव सामान्यभन्दा कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेको हुँदा देशभर व्यापक वर्षा नभएको महाशाखाले स्पष्ट पारेको छ। यसको प्रभावस्वरूप हाल कोशी, बागमती र गण्डकीलगायत अधिकांश पहाडी क्षेत्रहरूमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदली मात्र रहेको छ। बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना छ। ती पहाडी प्रदेशका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको जोखिम रहेकोले महाशाखाले सम्भावित बाढी, पहिरो र अन्य जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको