२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी



काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरू भएको छ।

सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन् । प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो।

“युरोपका देशहरूले शिक्षामा निकै फड्को मारेका छन्। नेपाली विद्यालयहरूले पनि पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेका छन्। अब बालबालिकाको समग्र हितका लागि सामुदायिक विद्यालयहरूलाई समेत सुदृढ बनाउँदै लैजान जरुरी छ,” राजदूत तुलाधरले भनिन् । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका संस्थापक, प्रिन्सिपल र शिक्षकहरू सेमिनारमा सहभागी छन्। सेमिनारलाई ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई विभिन्न देशका शैक्षिक अभ्यासहरू बुझ्ने अवसर दिनु सेमिनारको मुख्य उद्देश्य भएको बताए । “नेपाल पनि अरू देशहरूजस्तै शिक्षामा प्रगति गर्न सक्छ,” उनले भने, “यसै सन्देशसहित हामी यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम निरन्तर गर्दै जानेछौं।”

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाका अनुसार टोली डेनमार्कपछि स्विडेन र फिनल्यान्ड भ्रमण गर्नेछ। फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षासम्बन्धी विशेष सेमिनार आयोजना गरिने जानकारी ढुंगानाले दिए ।

“आफ्नो कार्यकालमा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपालको शिक्षा प्रणाली र विश्वका अभ्यासबीच आदानप्रदान गर्ने प्रयास गर्दै आएको छु,” ढुंगानाले भने, “शिक्षाको समग्र विकासका लागि राज्यका सबै तहका निकायहरू मिलेर काम गर्न जरुरी छ। निजी विद्यालयहरूले गरेको योगदानलाई राज्यले सम्मान गर्दै उनीहरूको क्षमतालाई शिक्षाको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता छ।”

कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधिहरू सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए । सेमिनारमा सहभागी टोली जुलाई २२ मा काठमाडौँबाट प्रस्थान गरेको हो भने आगामी जुलाई ३१ मा पुनः काठमाडौँ फर्किने कार्यक्रम रहेको जानकारी आयोजकहरूले दिएका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको