७ चैत्र २०८२, शनिबार । March 21, 2026

आजको मौसमः बागमती र गण्डकीमा भारी बर्षा, सतर्क रहन आग्रह


७ श्रावण २०८२, बुधबार  

36
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदलीको अवस्था रहेकाले थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ।

दिउँसो देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषतः कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागहरूमा र अन्य क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ, जसका कारण पहिरो, बाढी तथा डुबानको सम्भावना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ।

महाशाखाले विशेषगरी जोखिमयुक्त भूभागमा यात्रा गर्दा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो