२८ पुस २०८२, सोमबार । January 12, 2026

आजको मौसमः बागमती र गण्डकीमा भारी बर्षा, सतर्क रहन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदलीको अवस्था रहेकाले थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ।

दिउँसो देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषतः कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागहरूमा र अन्य क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ, जसका कारण पहिरो, बाढी तथा डुबानको सम्भावना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ।

महाशाखाले विशेषगरी जोखिमयुक्त भूभागमा यात्रा गर्दा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले