२८ पुस २०८२, सोमबार । January 12, 2026

देशभर सक्रिय मनसुन : भारी वर्षासहित बाढी र पहिरोको जोखिम



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रूपमा देखिएको छ।

मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतिर सरेको छ, जसको कारण अधिकांश भागमा वर्षाको सम्भावना उच्च देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही भागहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशहरूमध्ये एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना समेत छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। वर्षासँगै भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको सम्भावना रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिमसमेत रहेको छ।

साथै, साना तथा ठूला नदी–नालाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सबै नागरिक र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले