२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

ओलीलाई भेट्न च्यासल पुगिन पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न ३:२४ बजे नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा पुगेकी छन्।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि उनको च्यासल आगमनले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएको छ। राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरिसकेकी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको संकेत देखिएको छ।

उनले राष्ट्रपतिको पदबाट निवृत्तिपछि पाउने सेवासुविधा, सुरक्षाबाहेक, त्याग गरिसकेको बताइएको छ। यसले पनि उनी पार्टी राजनीतिमा पूर्ण रूपमा फर्किन इच्छुक रहेको संकेत गर्छ। तर पूर्वराष्ट्रपतिले सक्रिय पार्टी भूमिकामा फर्कन पाउने कि नपाउने भन्ने विषयमा एमालेभित्रै फरक मत देखिएको छ।

अध्यक्ष ओली आफैंले पूर्वराष्ट्रपतिलाई प्रत्यक्ष पार्टी राजनीतिमा संलग्न नगराउनु पर्ने धारणा राख्दै आएका छन्। अर्कोतर्फ, केही नेताहरू र कार्यकर्ताहरू भने भण्डारीको भूमिकालाई पुनः संस्थागत गर्दै पार्टीभित्र ल्याउनु पर्ने मतमा छन्। एमालेका अनुसार हालसम्म पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण भएको छैन।

उनी च्यासलस्थित पार्टी कार्यालयमा सरेपछि पहिलोपटक आज पुगेकी हुन्। भण्डारीको यो सक्रियता र च्यासल भ्रमणलाई एमालेको भावी रणनीति, महिला नेतृत्वको भूमिकालगायत विविध कोणबाट हेरिएको छ।

अबको केही दिनभित्रै एमालेले यसबारे औपचारिक निर्णय गर्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको