२८ मंसिर २०८२, शनिबार । December 13, 2025

हेवा खोलाको बाढीले मेची राजमार्ग अवरुद्ध, ताप्लेजुङ–पाँचथर यातायात ठप्प



काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार खोलाको डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। उनले भने, “अहिले खोलामा पानीको बहाव केही घट्दो छ, बहाव कम भएपछि डाइभर्सन मर्मत गरेर यातायात सुचारु गरिनेछ।”

राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन स्थानीय तहमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। यो घटनाअघि पनि हेवा खोलाले समस्या निम्त्याउँदै आएको छ। २०८० सालको असारमा आएको बाढीले यसै खोलाको मूल पुल बगाएको थियो। त्यसपछि बनाइएको अस्थायी बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएको थियो।

त्यसयता डाइभर्सनमार्फत सवारी साधन आवागमन हुँदै आएको थियो। गत जेठ ३१ गते मात्रै फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने नयाँ बेलिब्रिज निर्माण सम्पन्न गरिएको भनिए पनि सोही दिन बाढीले भत्काइदिएको थियो। यात्रा सहज बनाउन भन्दै पटक–पटक बनाइएका संरचना बाढीले नष्ट गर्दा स्थानीयवासी मर्कामा परेका छन्।

यस्तै, बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोरसमेत अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँघुरीगढी गाउँपालिका–९ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

बढ्दो प्राकृतिक विपद् र कमजोर पूर्वाधार व्यवस्थापनका कारण पूर्वी पहाडी जिल्लाहरूमा आवागमन अवरुद्ध हुने समस्या बारम्बार देखिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले