२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कास्कीको लुम्लेमा अति भारी वर्षा, पुर्वी क्षेत्र जोखिममा



काठमाडौं । देशका विभिन्न भागहरूमा पछिल्लो १२ घण्टामा भारीदेखि अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा मापन गरिएको हो, जहाँ एक सय ५१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, सुनसरीमा एक सय ३० मिलिमिटर, धनकुटामा एक सय २१ मिलिमिटर र इलामको माइपोखरीमा पनि एक सय २१ मिलिमिटर वर्षा मापन भएको छ। यी स्थानहरूमा अति भारी वर्षा दर्ज गरिएको हो।

अन्य थुप्रै जिल्लाहरूमा पनि भारी वर्षा भएको विभागको तथ्यांकले देखाउँछ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुन सक्रिय रहेको र यसको न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा उत्तरतर्फ सरेको छ। यसै कारणले नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो।

उनका अनुसार, पूर्वमा सक्रिय रहेको प्रणाली अहिले मध्य र पश्चिमतिर सर्दै छ र यो अवस्था भोलिसम्म रहने सम्भावना छ। भारी वर्षा मापन गरिएका अन्य जिल्लाहरूमा सिन्धुपाल्चोक, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, र झापा रहेका छन्।

पहाडी जिल्लाहरूका उच्च भूभागहरूमा पनि भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लाको मोदी खोलामा पानीको सतह सतर्कता तह आसपास पुगेको छ। यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तै, इलामको कन्काइ मैनाचुली क्षेत्रमा पनि जलस्तर सतर्कता तह आसपास पुगेको थियो। सुनसरी जिल्लाको सार्दुल खोलामा सतर्कता तह पार भएको र बूढी खोलाको दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे जलस्तरले खतराको तह पार गरेपछि साइरनसमेत बजाइएको थियो।

देशभर बाढी र पहिरोको जोखिम बढ्दो अवस्थामा रहेकोले संवेदनशील क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन विभागले पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको