२८ चैत्र २०८२, शनिबार । April 11, 2026

पर्वतमा पहिरोले घर पुर्यो, दुई जना बेपत्ता


४ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । पर्वत जिल्लाको मोदी गाउँपालिका–३, देउरालीस्थित लाङ्दीमा पहिरो जाँदा एकै परिवारका दुई सदस्य बेपत्ता भएका छन्।

वर्षासँगै आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी समवयस्क पत्नी विष्णुमती विश्वकर्मा बेपत्ता भएका वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनाको बेला घरमै रहेका उनीहरू पुरिएर हराइरहेका छन् भने बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने हाम फालेर ज्यान जोगाउन सफल भएकी छन्।

वडाध्यक्ष क्षेत्रीका अनुसार पहिरोका कारण सडक तथा खेतबारीमा पनि क्षति पुगेको छ। उद्धारका लागि स्थानीय प्रशासन र बासिन्दा परिचालित भएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व