२९ चैत्र २०८२, आइतबार । April 12, 2026

भारतमा इटहरीकी गीताको गौरवपूर्ण सम्मान : नेपाली नृत्य, संस्कृति र समर्पणको पहिचान


२ श्रावण २०८२, शुक्रबार  

72
Shares

इटहरी । सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गिता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा “नारी रत्न अवार्ड”बाट सम्मानित गरिएको छ।

मानव अधिकार एवं अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देशको कला र संस्कृतिको उज्यालो छवि प्रस्तुत गरिन्। कार्यक्रममा ब्यूरोका नेशनल अध्यक्ष डा. रणधिर कुमारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट पूर्वेली ‘मारुनी’ नृत्य, पश्चिमेली ‘कौडा’, र नेपाली राष्ट्रिय गीतमा आधारित प्रस्तुति मार्फत सांस्कृतिक बहुरूपताका झल्को प्रस्तुत गरिएको थियो।

उक्त प्रस्तुति गीताको नेतृत्वमा आश्रमका बालबालिका सेन्छु गौतम, कृष्ण गौतम, भारती, युनिषा लगायतले गरेका थिए। गीताले यसअघि पनि भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा “दक्षिण एसियाली नेल्सन मण्डेला ह्युमन राइट्स अवार्ड” प्राप्त गरिसकेकी छन्। साथै, विभिन्न देशबाट मानव अधिकार र सामाजिक सेवामा योगदानको मूल्याङ्कन स्वरूप सम्मानित हुँदै आएकी छन्। उनीसँगै आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि सोही समारोहमा सामाजिक सेवामा समर्पणका लागि सम्मानित भए।

इटहरीमा लामो समयदेखि शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमै सक्रिय श्रेष्ठ चलचित्र निर्माताका रूपमा पनि परिचित छन्। उनले “धुन”, “त्रिपास”, “मनै त हो” जस्ता सन्देशमूलक नेपाली चलचित्र निर्माण गरेर समाजमा चेतना जगाउने कार्य गर्दै आएका छन्। त्यसैगरी, कार्यक्रममा इटहरीका बहुप्रतिभाशाली कलाकार तुलसी घिमिरे पनि सम्मानित भए।

छत्तीसगढ सरकारले उनलाई “छत्तीसगढ कलारत्न अवार्ड” प्रदान गर्‍यो। नेपाली सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा विशेष योगदान दिएका घिमिरेले सो कार्यक्रममा पूर्वेली मारुनी, पश्चिमेली कौडा, र नेपाली राष्ट्रिय गीतहरूमा नृत्य कोरियोग्राफी गरेर प्रस्तुति दिएका थिए। यो सम्मानले नेपाली कला, संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ मात्र बनाएको छैन, सांस्कृतिक कूटनीतिका रूपमा समेत कार्य गरेको छ।

गौतम, श्रेष्ठ र घिमिरेजस्ता पात्रहरूले नेपाली संस्कृतिको समर्पण, मेहनत र पहिचानलाई विश्वसामु उभ्याएका छन्। नेपाली भूमिबाट उठेका यस्ता चम्किला प्रतिभाहरूको योगदान देशकै गौरव बन्न पुगेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व