४ असार २०८३, बिहिबार । June 18, 2026

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, १९ हजार ५५० रुपैयाँ पुग्यो


२ श्रावण २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ पारिश्रमिक दर तोकेको हो।

मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आर्थिक वर्षको सुरुवातसँगै यो दर कार्यान्वयनमा आउनेछ। समितिको सिफारिसका आधारमा मन्त्रालयले यो निर्णय गरेको हो।

कति भयो नयाँ पारिश्रमिक ?

नयाँ संरचना अनुसार श्रमिकको मासिक न्यूनतम पारिश्रमिक अब १९,५५० रुपैयाँ पुगेको छ। यसअघि १७,३०० रुपैयाँ कायम गरिएको थियो। नयाँ पारिश्रमिकमा आधारभूत तलब १२,१७० र महँगी भत्ता ७,३८० रुपैयाँ हुनेछ।

दैनिक ज्याला ७५४ रुपैयाँ हुनेछ भने प्रतिघण्टा काम गर्ने श्रमिकको पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ। आंशिक (part-time) श्रमिकका लागि प्रतिघण्टा दर १०७ रुपैयाँ रहनेछ।

कसका लागि लागु हुन्छ ?

यो व्यवस्था अधिकांश श्रमिकका लागि लागु हुनेछ तर चिया बगानमा कार्यरत श्रमिकहरूका लागि भने छुट्टै निर्णय प्रक्रियाबाट पारिश्रमिक निर्धारण गरिनेछ। त्यसबारेमा अझै बैठक बसेर टुंगो लगाइने कोइरालाले बताए।

सहमति प्रक्रिया

सरकार, रोजगारदाता र श्रमिक संगठनहरूको सहभागितामा बनेको समितिको सिफारिसलाई आधार मानेर निर्णय गरिएको हो। यद्यपि, सबै श्रमिक संगठनबीच सहमति जुटेको थिएन। माओवादी समर्थित यूनियनले न्यूनतम पारिश्रमिक २०,३०० हुनुपर्ने माग राखेको थियो। त्यसैबीच एमाले र कांग्रेस निकट श्रमिक संगठनहरूले सहमति जनाएपछि निर्णय अघि बढाइएको हो।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अनुसार अन्तिममा सहमतिमा पुग्न नसकिए पनि बैठकले सरकारलाई निर्णय गर्न अधिकार दिएको थियो।

थप सुविधा पनि अनिवार्य

न्यूनतम पारिश्रमिकसँगै श्रमिकहरूले सामाजिक सुरक्षा ऐनअनुसारका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष र उपदान पाउनेछन्। स्थानीय तहले समेत पारिश्रमिक निर्धारण गर्दा सरकारद्वारा तोकिएको दरभन्दा तल जान नपाउने व्यवस्था गरिएको छ।

अबको व्यवस्था अनुसार श्रमिकसँग रोजगार सम्झौता गर्दा यसभन्दा कम पारिश्रमिक तोक्न पाइने छैन। सरकारले दैनिक जीवनयापनका खर्च, महँगी र देशको आर्थिक अवस्था हेरेर नयाँ पारिश्रमिक दर लागू गरेको जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा