२५ पुस २०८२, शुक्रबार । January 10, 2026

कर्णालीमा साउने सङ्क्रान्तिको उल्लासः आज सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारको निर्णयअनुसार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्था आज बन्द छन्। वि.सं. २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार आजको बिदाबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले औपचारिक सूचना सार्वजनिक गरेका छन्।

साउने सङ्क्रान्ति कर्णालीको विभिन्न जिल्लाहरू—हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट—मा विशेष धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाइन्छ। स्थानीयवासीहरू आजको दिन देउडा गीत गाउँदै, गोलो घेरा बनाएर नाच्दै पर्व मनाउँछन्, जसले आपसी मेलमिलाप र सामुदायिक एकता झल्काउँछ।

यस पर्वको अर्को विशेष पक्ष भनेको “राँको बाल्ने” चलन हो। घरको छतमा सल्लाको तेलमा भिजाइएको काठको राँको बालेर, गाउँमा वर्षभरि संचित नकारात्मकता र सामाजिक विकृति हटाउने उद्देश्यले “लुतो फाल्ने” धार्मिक विधि पुर्‍याइन्छ।

यो परम्परा सद्भाव, शुद्धता र समुदायबीचको आत्मिक सम्बन्धलाई सुदृढ पार्ने प्रतीक मानिन्छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले