२८ चैत्र २०८२, शनिबार । April 11, 2026

कर्णालीमा साउने सङ्क्रान्तिको उल्लासः आज सार्वजनिक बिदा


१ श्रावण २०८२, बिहिबार  

6
Shares

सुर्खेत । कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारको निर्णयअनुसार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्था आज बन्द छन्। वि.सं. २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार आजको बिदाबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले औपचारिक सूचना सार्वजनिक गरेका छन्।

साउने सङ्क्रान्ति कर्णालीको विभिन्न जिल्लाहरू—हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट—मा विशेष धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाइन्छ। स्थानीयवासीहरू आजको दिन देउडा गीत गाउँदै, गोलो घेरा बनाएर नाच्दै पर्व मनाउँछन्, जसले आपसी मेलमिलाप र सामुदायिक एकता झल्काउँछ।

यस पर्वको अर्को विशेष पक्ष भनेको “राँको बाल्ने” चलन हो। घरको छतमा सल्लाको तेलमा भिजाइएको काठको राँको बालेर, गाउँमा वर्षभरि संचित नकारात्मकता र सामाजिक विकृति हटाउने उद्देश्यले “लुतो फाल्ने” धार्मिक विधि पुर्‍याइन्छ।

यो परम्परा सद्भाव, शुद्धता र समुदायबीचको आत्मिक सम्बन्धलाई सुदृढ पार्ने प्रतीक मानिन्छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व