२९ चैत्र २०८२, आइतबार । April 12, 2026

बर्षासँगै बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह


१ श्रावण २०८२, बिहिबार  

18
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुले सक्रिय भूमिका खेलेको छ।

मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानको आसपास तथा पूर्वतर्फ केही उत्तरतिर सरेको छ, जसका कारण अधिकांश स्थानहरूमा मनसुनी प्रभाव देखिएको छ। हाल देशका अधिकांश भू-भागमा आकाश आंशिकदेखि पूर्ण रूपमा बदली छ।

कोशी र कर्णाली प्रदेशका केही ठाउँहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयदेशभर आकाश सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

यिनै प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा पनि थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहँदैछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना समेत छ।

रातिपनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश, साथै अन्य पहाडी क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको समेत सम्भावना कायम छ। लुम्बिनी प्रदेशको केही तराई क्षेत्रमा हावाहुरी चल्ने जोखिम पनि रहेको छ।

भारी वर्षा हुने सम्भावनाका कारण बाढी, पहिरो, भू-क्षय तथा गेग्रान बहावको जोखिम बढेको छ। यसले शहरी र तराई क्षेत्रहरूमा डुबानको स्थिति निम्त्याउन सक्छ। साथै, ठूला र साना नदी–नालामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको छ।

यस सन्दर्भमा मौसम विभागले सबै नागरिक र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व