२९ चैत्र २०८२, आइतबार । April 12, 2026

किङ्स कलेजले साउन १० र ११ गते नेपाल आन्टरप्रेनरशिप फोरम आयोजना गर्ने


३२ असार २०८२, बुधबार  

9
Shares

काठमाडौं । उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी किङ्स कलेजले आगामी साउन १० र ११ गते दोस्रो संस्करणको नेपाल आन्टरप्रेनरशिप फोरम आयोजना गर्ने भएको छ।

Towards Sustainable Entrepreneurship Ecosystem‘ भन्ने नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश र कोसोभो लगायतका देशबाट २५ भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्। कलेजका अनुसार यो दुई दिने कार्यक्रमले शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी र सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउनेछ।

सम्मेलनमा शैक्षिक अनुसन्धान र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई जोड्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रवर्तन प्रदर्शन र सञ्जाल निर्माणका सत्रहरू समावेश गरिनेछ। कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेका अनुसार, यस्ता सम्मेलनहरूले नेपालमा नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै युवा पुस्तालाई चुनौतीहरूसँग जुझ्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

साथै, सम्मेलनले दिगो आर्थिक विकास, बेरोजगारी न्यूनीकरण, र उद्यमशीलताको समृद्ध पारिस्थितिकी निर्माणमा पनि सहयोग पुर्‍याउने उनले बताए।

कलेजले जानकारी दिएको अनुसार सम्मेलनमा २०० भन्दा बढी सहभागी रहनेछन्, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय उद्यमी, अनुसन्धानकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि र विद्यार्थीहरू रहनेछन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व