२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम


३२ असार २०८२, बुधबार  

24
Shares

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश स्थानमा बदली र वर्षाको क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानकै आसपास र पूर्वी भूभागमा सामान्यतया उत्तरतर्फ सरेको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि गरिएको छ। त्यस्तै, कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा स्थानीय हावाहुरीको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यीमध्ये कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षाका कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व