७ चैत्र २०८२, शनिबार । March 21, 2026

देशभर बर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम उच्च


३० असार २०८२, सोमबार  

42
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतिर सरदर स्थानभन्दा केही उत्तरमा स्थित छ, जसका कारण वर्षा र मौसममा व्यापक परिवर्तन भइरहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागहरूमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ। अधिकांश प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहन्छ। रातिको समयमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

मनसुनी वर्षाका कारण देशका विभिन्न भू-भागमा बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। विशेषगरी शहरी र तराई क्षेत्रहरूमा डुबानको खतरा रहन सक्ने, नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्क रहनुपर्ने महाशाखाले स्पष्ट पारेको छ।

त्यस्तै, मौसमजन्य कारणले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन क्षेत्र, नदी आसपासका निर्माण कार्य, सडक यातायात र हवाई उडानसमेत प्रभावित हुन सक्ने भएकाले आम नागरिक र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो