२ कार्तिक २०८३, सोमबार । October 19, 2026

कपिलवस्तुमा यात्रुबस दुर्घटना : २९ जना घाइते, तीनको अवस्था गम्भीर


२९ असार २०८२, आइतबार  

60
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा भएको यात्रुबस दुर्घटनामा २९ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आइतबार बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले बसमा ३० जना यात्रु सवार रहेको र दुर्घटनामा परेर २९ जना घाइते भएको जानकारी दिए।

घाइते सबैको पहिचान भइसकेको छ। तत्काल उद्धार गरी उनीहरूलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएको र त्यहाँ उपचार सम्भव नभएका केहीलाई बुटवल रिफर गरिएको अधिकारीले बताए। डीएसपीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम तथा ६ जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन गरिएको छ। दुर्घटनाग्रस्त बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि