१ आश्विन २०८३, बिहिबार । September 18, 2026

यस्तो छ शनिबारको मौसम


२८ असार २०८२, शनिबार  

21
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रूपमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वी भागमा सरदर स्थानमा रहँदा, पश्चिमतर्फ केही उत्तरतिर सरेको छ। देशका पहाडी भू-भागहरूमा सामान्य बदलीको अवस्था छ भने अन्य भागहरूमा आंशिक बदली देखिएको छ। कतिपय पहाडी स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेकाले मौसम बदलिएको अनुभूति गरिएको छ।

शनिबार देशभर सामान्य बदली रहने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, बाँकी प्रदेशका केही स्थानहरूमा पनि चट्याङसहितको वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।

महाशाखाले सम्भावित वर्षाको प्रभावस्वरूप भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको जनाएको छ। तराई तथा सहरी क्षेत्रमा डुबानको खतरा रहेको हुँदा सबै नागरिक, निकाय तथा सरोकारवाला पक्षहरूलाई आवश्यक सतर्कता र तयारी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ