२८ पुस २०८२, सोमबार । January 12, 2026

यस्तो छ शनिबारको मौसम



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रूपमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वी भागमा सरदर स्थानमा रहँदा, पश्चिमतर्फ केही उत्तरतिर सरेको छ। देशका पहाडी भू-भागहरूमा सामान्य बदलीको अवस्था छ भने अन्य भागहरूमा आंशिक बदली देखिएको छ। कतिपय पहाडी स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेकाले मौसम बदलिएको अनुभूति गरिएको छ।

शनिबार देशभर सामान्य बदली रहने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, बाँकी प्रदेशका केही स्थानहरूमा पनि चट्याङसहितको वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।

महाशाखाले सम्भावित वर्षाको प्रभावस्वरूप भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको जनाएको छ। तराई तथा सहरी क्षेत्रमा डुबानको खतरा रहेको हुँदा सबै नागरिक, निकाय तथा सरोकारवाला पक्षहरूलाई आवश्यक सतर्कता र तयारी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले