२८ पुस २०८२, सोमबार । January 12, 2026

नेकपा एकीकृत समाजवादीमा समाहित हुँदै बामदेव गौतम



काठमाडौं । लामो समयदेखि छुट्टाछुट्टै यात्रा तय गरिरहेका नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) अन्ततः एउटै राजनीतिक छातामुनि आउने सहमतिमा पुगेका छन्।

दुवै दलबीच साउन २ गते राष्ट्रिय सभा गृहमा विशेष समारोहका बीच एकता घोषणा गरिने भएको छ। सो अवसरमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा औपचारिक रूपमा समाहित हुँदैछन्।

पार्टी एकता सम्बन्धी सहमति पत्रमा अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतमले हस्ताक्षर गरिसकेका छन्। सहमतिपत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त, संगठित र एकताबद्ध बनाउनु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ।

गौतम र नेपालको यो सहकार्यले विभाजित वाम शक्तिहरूलाई फेरि एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले