२७ पुस २०८२, आइतबार । January 12, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्क रहन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको छ।

मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास रहँदा पश्चिमी भागमा भने सामान्यभन्दा केही उत्तरतिर सरेको छ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार पनि देशका पहाडी भू-भागका थुप्रै स्थानहरूमा र अन्य क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना समेत रहेको विभागले जनाएको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि पूर्वानुमान गरिएको छ। संभावित वर्षाका कारण पहिरो, भू-क्षय, बाढी र गेग्रान बहावजस्ता प्राकृतिक जोखिमहरू बढ्न सक्ने देखिएकोले विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्ने भएकाले तराई र सहरी क्षेत्रहरूमा डुबानको जोखिम समेत रहेको छ।

तसर्थ, नागरिक, स्थानीय प्रशासन र सरोकारवालाहरूलाई पूर्वतयारीका साथ सजग रहन महाशाखाको सुझाव छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले