२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिभुवन विश्वविद्यालयमा नयाँ नेतृत्व: उपकुलपतिमा दीपक अर्याल नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक दीपक अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार उनलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। उपकुलपति चयनका लागि शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो — प्रा. दीपक अर्याल, प्रा. खड्ग केसी, र प्रा.डा. विनिल अर्याल। तीमध्ये दीपक अर्याल चयनमा परेका हुन्।

नयाँ उपकुलपति अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत हुन्। यसअघि उपकुलपति रहेका प्रा.डा. केसरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि त्रिविको नेतृत्व रिक्त रहेको थियो।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले