२९ पुस २०८२, मंगलबार । January 13, 2026

गुजरातको महिसागर नदीमाथिको पुल भाँचियो



एजेन्सी । गुजरात राज्यको आनन्द जिल्लामा रहेको महिसागर नदीमाथिको एक महत्वपूर्ण पुल भत्किँदा गम्भीर दुर्घटना भएको छ।

बीबीसीका अनुसार, पुल भत्किएपछि केही सवारी साधन नदीमा खस्दा उद्धार र राहत कार्य तत्काल सुरु गरिएको हो। स्थानीय प्रशासनको सक्रियतामा हालसम्म तीन जनालाई सकुशल उद्धार गरिएको छ। यद्यपि, हालसम्म कुनै मानव क्षतिको आधिकारिक पुष्टि भएको छैन।

दुर्घटनास्थलका तस्बिर र भिडियोहरूमा पुलको रेलिङ टुटिएको देखिन्छ, जहाँ एउटा ट्रक अड्किएको छ भने अन्य सवारी साधन नदीमा खसेको देखिन्छ। भिडियो फुटेजहरूमा स्वास्थ्यकर्मीहरूलाई पीडितहरूलाई उद्धार गरी एम्बुलेन्समा लैजाँदै गरेको देख्न सकिन्छ। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ।

उक्त पुलले आनन्द जिल्लाको गम्भीरालाई बडोदरा जिल्लाको पाड्रा र भरुचसँग जोड्ने प्रमुख मार्गमा स्थित छ। यो मार्गले मध्य गुजरातलाई सौराष्ट्र क्षेत्रसँग जोड्ने महत्वपूर्ण कडीको रूपमा पनि चिनिन्छ।

पुल भत्किएपछि सडक तथा भवन विभागका सचिव पीआर पटेलियाले घटनाबारे छानबिन सुरु गरिएको जानकारी दिएका छन्। प्रहरी पनि घटनाको कारणबारे अनुसन्धानमा जुटेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले