२९ चैत्र २०८२, आइतबार । April 13, 2026

रसुवा बाढीले ट्रक र कन्टेनर व्यवसायीहरूलाई गहिरो असर पारेको महासंघको ठहर


२५ असार २०८२, बुधबार  

36
Shares

काठमाडौं । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सिमाना जोड्ने मितेरी पुल अविरल वर्षासँगै आएको बाढीले पूर्णरुपमा क्षति पुर्‍याएपछि नेपाल–चीन नाका बन्द भएको छ।

सोमबार राति करिब ३ बजे मित्र राष्ट्र चीनतर्फको क्षेत्रमा परेको भारी वर्षाका कारण आएको बाढीले टिमुरेस्थित सुक्खा भन्सारको यार्डमा रहेका सयौं सवारीसाधन, कन्टेनर बगाएको र ३५ भन्दा बढी सवारीसाधन पानीमा डुबेको नेपाल ट्रक व्यवसायी महासंघले जनाएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलद्वारा जारी विज्ञप्तिमा बाढीका कारण दर्जनौं सवारी चालक, सह–चालक तथा मजदुरहरु बेपत्ता भएको र राजमार्गसमेत व्यापक रूपमा क्षतिग्रस्त भएपछि मालवाहक यातायात सेवा पूर्ण रूपमा ठप्प भएको उल्लेख गरिएको छ। उनले गन्तव्यतर्फ जानुपर्ने सवारी चालक तथा व्यवसायीहरुलाई बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएपछि मात्र सवारी सञ्चालन गर्न आग्रह गर्दै अहिलेको अवस्थालाई अति जोखिमपूर्ण रहेको जानकारी गराएका छन्।

“धनजनको ठूलो क्षति भएको छ। कैयौं व्यक्तिले अकालमा ज्यान गुमाएका छन् भने कैयौं घाइते भएका छन्,” विज्ञप्तिमा उल्लेख छ, “अकालमा मृत्युवरण गर्नेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”

महासंघले बेपत्ताहरुको तत्काल खोजी र घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसँग अपिल गरेको छ। साथै, बाढी र पहिरोसम्बन्धी यथार्थ विवरण यथाशीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व