४ असार २०८३, बिहिबार । June 18, 2026

दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने


२५ असार २०८२, बुधबार  

33
Shares

जापान । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।

समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ।

दोलखा समाज जापानका अध्यक्ष संजिव पोखरेलका अनुसार, “हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित राख्न चाहन्छौं । अक्षय कोष स्थापनाले दीर्घकालीन रुपमा आवश्यक परेको बेला सघाउने हाम्रो सपना साकार हुँदैछ।”

समाजको हालै सम्पन्न बार्बिक्यू कार्यक्रम तथा अक्षयकोष निर्माणार्थ सहायोग होस भन्ने हेतुले कोष समाजका अध्यक्ष पोखरेलले ५ लाख जापानीयन रकम सहयोग गरिसक्नु भएको छ भने समाज संस्थापक अध्यक्ष एवं हालका संरक्षक नवराज थापाले प्रत्यक वर्ष बैवाहिक वर्षगाँठको अवसर पारेर एकलाख जापानीयनका दरले १० वर्ष सम्म निरन्तर कोषमा जम्मा गर्न प्रतिवद्धता समेत गर्नू भएको छ । साथै समाजका सचिव तिलकराज खतिवडाले ५० हजार जापानीयन रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता गरिसक्नु भएको छ ।

कोषमा हालको चरणमा सदस्यहरूको नियमित योगदान, शुभेच्छुकहरूको सहयोग र जापान तथा नेपालस्थित संघसंस्थाहरूको सहकार्यबाट कोष संकलन गरिनेछ। साथै, कोष पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गरिने जानकारी दिइएको छ।

दोलखा समाज जापानले विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कोरोना महामारी, भूकम्प पीडित सहायता र शैक्षिक कार्यक्रमहरूमा समाजको सक्रियता उल्लेखनीय रहँदै आएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा