२९ चैत्र २०८२, आइतबार । April 13, 2026

देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना


२५ असार २०८२, बुधबार  

21
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनजन्य न्यून चापीय रेखा औसत स्थानको आसपास रहेकोले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हाल चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी भूभागका धेरै स्थानहरूमा र बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना समेत रहेकोले सतर्क रहन अनुरोध गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हिमपातसमेत हुन सक्ने अनुमान छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने, कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। भारी वर्षाका कारण केही स्थानहरूमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले प्रभावित क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यात्रुहरू, किसानहरू तथा निर्माण क्षेत्रका सरोकारवालाहरूले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व