२८ पुस २०८२, सोमबार । January 13, 2026

हिमाचलमा विपद्ः ७५ जनाको मृत्यु, २ सय ८० भन्दा बढीको मृत्यु



एजेन्सी । हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा भीषण वर्षासँगै बादल फाट्ने घटनाले ठूलो क्षति पुर्‍याएको छ।

चम्बाको काङ्गेला नालामा रहेको पुल बगाउँदा यातायात सम्पर्क अवरुद्ध भएको छ भने मन्डी जिल्लाको चौहर उपत्यकामा एक सवारी पुलसहित तीनवटा पैदल पुल बगेका छन्। २० जुनमा मनसुन प्रवेश गरेपछि हालसम्म (जुलाई ४) हिमाचलमा बाढी र पहिरोका कारण ७५ जनाको ज्यान गएको छ र २८८ जना घाइते भएका छन्।

बढी क्षति मन्डी जिल्लामा भएको छ, जहाँ बादल फाट्दा १४ जनाको ज्यान गएको र अझै ३१ जना बेपत्ता रहेका छन्। आइतबार पनि राज्यभरि भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। त्यसैगरी, झारखण्डमा शनिबारको भारी वर्षाले पनि विपत्तिपूर्ण स्थिति निम्त्याएको छ।

रामगढ जिल्लाको महुआ टाङ्ग्रीमा रहेको एक अवैध कोइला खानी भत्किँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सोमबार बिहानसम्म त्यहाँ भारी वर्षाको चेतावनी कायम रहनेछ। मध्य प्रदेशमा पनि वर्षाको प्रभाव तीव्र बनेको छ। बलियो वर्षा प्रणाली सक्रिय रहेकाले बाढीको अवस्था सिर्जना भएको छ। मण्डला जिल्लामा नर्मदा नदी उर्लिन थालेको छ र नरसिंहपुर–होशंगाबाद जोड्ने राष्ट्रिय राजमार्गको पुल पनि भत्किएको छ।

बिहारमा समेत वर्षाले सताउन थालेको छ। आइतबार १८ जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावनासहित पहेँलो अलर्ट जारी गरिएको छ। शनिबार मुंगेरको अररियामा भारी वर्षा भएको थियो। सासाराममा चट्याङ लाग्दा दुई महिलाको ज्यान गएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले