१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टेक्सास बाढी : ४३ को ज्यान गयो, दर्जनौँ बालबालिका अझै बेपत्ता


२२ असार २०८२, आइतबार  

48
Shares

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

हालसम्म ४३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा १५ बालबालिका पनि रहेका छन्। बेपत्ता भएकाहरूको खोजीमा सयौँ उद्धारकर्मी खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले “जबसम्म सबै बेपत्ता व्यक्ति फेला पर्दैनन्, खोजी कार्य रोकिने छैन” भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिविरबाट २७ बालबालिका अझै बेपत्ता

बाढीका कारण एक युवा शिविरमा रहेका २७ बालबालिका अझै सम्पर्कबिहीन छन्। काउन्टी अधिकारीहरूले खोजी कार्य दोस्रो रातसम्म पनि जारी रहेको र तटीय क्षेत्रमा खोज विस्तार गरिएको बताएका छन्। यसैबीच केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना सन्तानको निधन भएको पुष्टि गरेका छन्।

उद्धार कार्य तीव्र, ८५० भन्दा बढीको जीवनरक्षा

दुई दिनको निरन्तर प्रयासपछि करिब ८५० जनाको सकुशल उद्धार गरिएको छ। तर अझै सयौँ मानिस असुरक्षित स्थानमा फसेका हुनसक्ने अनुमान गरिएको छ।

आपतकालीन घोषणा, संघीय सहयोग सक्रिय

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबोटले खोज र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विस्तारित आपतकालीन घोषणामा हस्ताक्षर गरेको जनाए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार स्थानीय प्रशासनसँग मिलेर काम गरिरहेको बताएका छन्। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले पनि खोजी कार्यमा सहयोग गर्न कोस्ट गार्ड टोली परिचालन गरिने जानकारी दिइन्।

मौसम पूर्वानुमान : थप जोखिम बाँकी

राष्ट्रिय मौसम सेवा (NWS) का अनुसार मध्य टेक्सासमा अझै थप वर्षाको सम्भावना रहेको छ। शनिबार मात्रै ५ देखि १२ सेन्टिमिटरसम्मको वर्षा हुन सक्ने जनाइएको छ। यसले गर्दा बाढीको जोखिम अझ बढ्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ