२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको मौसमः भारी बर्षासँगै बाढी र पहिरोको जोखिम


२२ असार २०८२, आइतबार  

183
Shares

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहँदा अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको हो। बिहानदेखि नै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था छ।

कतिपय पहाडी भागहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेकोले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

ती पाँच प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा र कोशी, बागमती, लुम्बिनीका एक–दुई ठाउँमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

साथै, जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ