२८ पुस २०८२, सोमबार । January 13, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्क रहन अनुरोध



काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव स्पष्ट रूपमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा सक्रिय रहँदा देशभर सामान्यदेखि मध्यम बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको जनाइएको छ। रातिको समय अझ बढी संवेदनशील हुने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित वर्षा र एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

भारी वर्षाका कारण शहरी तथा तराई भूभागमा डुबान, साना तथा ठूला नदी–नालामा पानीको सतह वृद्धि, यातायात सेवा प्रभावित हुने, कृषि तथा निर्माण क्षेत्रमा असर पुग्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले