२९ चैत्र २०८२, आइतबार । April 13, 2026

देशभर बाढीको जोखिम: साना नदीहरूको बहाव तीव्र, सतर्कता अपनाउन आग्रह


२० असार २०८२, शुक्रबार  

60
Shares

काठमाडौं । देशका प्रमुख नदीहरू—कोसी, महाकाली, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती, बबई र कन्काई—हाल सतर्कता तहभन्दा तलको बहावमा छन्।

तर, नारायणी र कर्णाली जलाधारका केही जलमापन केन्द्रहरूमा भने जलसतह लगातार बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार संखुवासभा, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट वहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

यस्तै, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, धादिङ, गोरखा, लमजुङ, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्लाहरूको नदीहरूमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ। साथै, इलाम, झापा, मोरङ, ताप्लेजुङ, रोल्पा, दैलेख, रुकुम (पूर्व–पश्चिम), सल्यान, अछाम, कालिकोट, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहाव बढ्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाढीको सम्भावित जोखिम रहेका क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला।”

बाढी महाशाखाले नागरिकहरूलाई मौसम तथा नदी बहावसम्बन्धी अद्यावधिक जानकारीका लागि सरकारी सूचनामार्फत नियमित निगरानी गर्न सुझाव दिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व