२८ मंसिर २०८२, शनिबार । December 13, 2025

जाजरकोटमा ढुङ्गा लागेर टहरामा सुतिरहेका दिदी- बहिनीको मृत्यु



जाजरकोट । जिल्लाको कुशे गाउँपालिका–३, तर्पेनामा ढुङ्गा खसेर एकै घरका दुई किशोरीको ज्यान गएको छ।

बिहीबार राति करिब ९ बजेको समयमा अस्थायी टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको घटनास्थलमै मृत्यु भएको हो। वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेका कारण ढुङ्गा खस्ने घटना भएको हो। मृतक दुवै जना नरबहादुर बुढाकी छोरी हुन्।

उनीहरू बाख्राको रेखदेख गर्नका लागि भूकम्पपीडितका लागि बनाइएको अस्थायी टहरामा बस्दै आएका थिए। वर्षाले कमजोर बनाएको भूभागबाट अचानक ढुङ्गा खसेर टहरा भत्किँदा उनीहरूलाई गम्भीर चोट लागेको थियो। वडाध्यक्ष बुढाका अनुसार ढुङ्गा लागेपछि उनीहरूको घटनास्थलमै मृत्यु भयो। प्रहरी पनि घटनास्थलमा पुगेको थियो। प्रहरी जवान महेश सिंहले घटनाबारे प्रारम्भिक जानकारी लिएको पुष्टि गरेका छन्।

वर्षासँगै बढ्दो प्राकृतिक जोखिमले गर्दा जनधनको क्षति भइरहेका बेला सतर्कता अत्यावश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले