२८ चैत्र २०८२, शनिबार । April 11, 2026

जाजरकोटमा ढुङ्गा लागेर टहरामा सुतिरहेका दिदी- बहिनीको मृत्यु


२० असार २०८२, शुक्रबार  

54
Shares

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका–३, तर्पेनामा ढुङ्गा खसेर एकै घरका दुई किशोरीको ज्यान गएको छ।

बिहीबार राति करिब ९ बजेको समयमा अस्थायी टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको घटनास्थलमै मृत्यु भएको हो। वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेका कारण ढुङ्गा खस्ने घटना भएको हो। मृतक दुवै जना नरबहादुर बुढाकी छोरी हुन्।

उनीहरू बाख्राको रेखदेख गर्नका लागि भूकम्पपीडितका लागि बनाइएको अस्थायी टहरामा बस्दै आएका थिए। वर्षाले कमजोर बनाएको भूभागबाट अचानक ढुङ्गा खसेर टहरा भत्किँदा उनीहरूलाई गम्भीर चोट लागेको थियो। वडाध्यक्ष बुढाका अनुसार ढुङ्गा लागेपछि उनीहरूको घटनास्थलमै मृत्यु भयो। प्रहरी पनि घटनास्थलमा पुगेको थियो। प्रहरी जवान महेश सिंहले घटनाबारे प्रारम्भिक जानकारी लिएको पुष्टि गरेका छन्।

वर्षासँगै बढ्दो प्राकृतिक जोखिमले गर्दा जनधनको क्षति भइरहेका बेला सतर्कता अत्यावश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व